यातायातका काम साउन ८ गतेपछि मात्र हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन आग्रह गरको छ । 

सोमबार एक सूचना जारी गर्दै विभागले करका दर र सिस्टम मिलाउनुपर्ने भएकाले अत्यावश्यकबाहेक कार्यालयमा नआउन आग्रह गरको हो ।

विभागले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा स्थानान्तरण र प्रदेश सरकारबाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भइरहेको जनाएको छ ।

सुचनामा भनिएको छ- ‘यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा बेस माइग्रेसन र प्रदेश सरकारवाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भई रहेको व्यहोरा अनुरोध छ उक्त कार्यहरु पूर्णरुपमा कार्यान्वयन हुन करिब १ हप्ता समय लाग्ने भएकाले अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि मिति २०८३।०४।०८ गते पश्चात् मात्र सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्न हुन अनुरोध छ ।’

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।