अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

काठमाडौं, ३ साउन । फिफाले सन् २०२६ को विश्वकप फाइनलका लागि रेफ्रीको घोषणा गरेको छ।

न्यु जर्सीको रंगशालामा अर्जेन्टिना र स्पेनबीच हुने उपाधि भिडन्तमा स्लोभेनियाका स्लाभको भिन्चिच मुख्य रेफ्रीका रूपमा रहनेछन्। उनलाई टोमाज क्लान्चनिक (सहायक रेफ्री १) र आन्द्राज कोभाचिच (सहायक रेफ्री २) ले सहयोग गर्नेछन्। यसैगरी, अधम मखादमेह चौथो अफिसियल र मोहम्मद अल खलाफ रिजर्भ सहायक रेफ्रीका रूपमा रहने छन्।


४६ वर्षीय स्लाभको भिन्चिचका लागि यो पहिलो ठूलो विश्वकप फाइनल हुनेछ। फाइनल खेलमा रेफ्रीको भूमिकाका लागि आफ्नो नाम घोषणा हुँदा भिन्चिच भावुक बनेका थिए। उनले सन् २०२२ को कतार विश्वकपबाट आफ्नो विश्वकप यात्रा सुरु गरेका थिए, जहाँ उनले दुई खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए। उनले सन् २०२६ को फिफा विश्वकपमा पनि हालसम्म तीन खेल सञ्चालन गरिसकेका छन्। यो फाइनल खेल उनको विश्वकप करियरको छैटौं खेल हुनेछ।

स्लाभको भिन्चिच सन् २०१० देखि फिफाको सूचीमा रहँदै आएका छन्। उनको खेल सञ्चालन यात्रामा रियल मड्रिड र बोरुसिया डर्टमन्डबीचको सन् २०२४ को च्याम्पियन्स लिग फाइनलजस्ता धेरै महत्त्वपूर्ण खेलहरू समावेश छन्। यसका साथै, उनले युरोपियन च्याम्पियनसिप, विश्वकप छनोट खेलहरू, युरोपा लिग, नेसन्स लिग र क्लब विश्वकपजस्ता प्रमुख प्रतियोगिताहरूमा पनि खेल सञ्चालन गरेका छन्।

सन् २०२२ को विश्वकपको समूह चरणमा अर्जेन्टिनाले अप्रत्याशित हार बेहोर्दा साउदी अरबका टोली तथा समर्थकहरू चकित परेका थिए। उक्त खेलमा स्लाभको भिन्चिचले रेफ्रीको भूमिका निर्वाह गरेका थिए। अब, उनी पुनः फिफा विश्वकपको फाइनलमा रेफ्रीको भूमिकामा अर्जेन्टिनाको खेल सञ्चालन गर्दैछन्।

अन्तिम खेल न्युयोर्कस्थिति न्यु जर्सी रंगशाला खेलिनेछ । जहाँ ८० हजार धेरै दर्शकको दर्शनको अपेक्षा गरिएको छ । लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको छ। यता, स्पेन सन् २०१० पछि पहिलो पटक उपाधि भिडन्तमा छ।


अर्जेन्टिना चौथो पटक फिफाको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ, यो भन्दा अगाडि सन् १९७८, १९८६ र २०२२ मा च्याम्पियन बनिसकेको गौरवशाली इतिहास रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।