सुनमा १९ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं, ०३ साउन । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८४ हजार रुपैयाँ पुगेको हो।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य पुनः उच्च विन्दुतर्फ उन्मुख भएको देखिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले दैनिक रूपमा सुन–चाँदीको भाउ परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।