वडासदस्य जुग्जालीद्वारा वडा कार्यालयलाई जग्गा दान

म्याग्दी, २६ असारः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा वडा कार्यालय भवन निर्माणका लागि रु २० लाख मूल्य पर्ने जग्गा निःशुल्क प्राप्त भएको छ ।

मालिका गाउँपालिका–७ का वडासदस्य तिलकबहादुर जुग्जालीले बिमको तल्लो गाउँमा रहेको तीन रोपनी जग्गा निःशुल्क दान गर्नुभएको हो । जुग्जालीले उपलब्ध गराउनुभएको जग्गाको मूल्य रु २० लाख बराबरको रहेको वडाध्यक्ष टकलाल पुनले बताउनुभयो ।

जुग्जालीले यसै हप्ता मालपोत कार्यालयमा आएर सबै प्रक्रिया पूरा गरी गाउँपालिकाको नाममा जग्गा हस्तान्तरण गर्नुभएको हो । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाउने वडाध्यक्ष पुनले बताउनुभयो । हाल साविक बिम गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हँुदै आएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।