ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली (तनहुँ), १९ असारः ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस सडक १५ दिन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।

निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न तथा कामलाई तीव्रता दिन बिहीबारदेखि १५ दिनसम्म उक्त सडकखण्ड बन्द रहनेछ ।

यस अवधिमा सर्वसाधारणलाई चालिसे–काहुँ–दमौली सडक तथा सिमनाथ–काहुँ–चालिसे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।