जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ, पर्वत र इलामबाट एक एक जना पक्राउ

काठमाडौं । काठमाडौँ, पर्वत र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका-१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै पर्वतमा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका-९ ओख्रेनी बस्ने ६८ वर्षीय बल बहादुर पौडेल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको  छ । बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी इलाममा, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-३ माझगाउँ सिंहमाई टोल बस्ने ६० वर्षीय माईला भन्ने बुद्ध प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध प्रकाशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।