रास्वपाको बन्द सत्र दिउसो २ बजेदेखि शुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज दिउसो २ बजेदेखि शुरु हुने भएको छ । 

महाधिवेशनको नयाँ कार्यतालिका अनुसार प्रतिनिधि दर्ताको काम बिहान १० बजेदेखि शुरु भएको र २ बजेदेखि बन्द सत्र शुरु हुने भएको हो ।

उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा अनुशासन आयोगले प्रतिवेदन, वित्तीय प्रतिवेदन प्रस्तुति र छलफल, संगठनात्मक प्रतिवेदन, विधान प्रतिवेदन, अर्थ राजनीतिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन पेश गरेर छलफलपछि प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने र निर्वाचनको प्रक्रिया शुरु हुने बताइएको छ । 

रास्वपाको यस प्रथम महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । प्रथम महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।