परराष्ट्रमन्त्री खनालबाट बेइजिङस्थित तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण गरेका छन् ।

सोमबार बिहान भ्रमणका क्रममा आयोजित जानकारीमूलक कार्यक्रममा उनले नेपाल र चीनबीच सम्बन्धित क्षेत्रमा अझ गहिरो सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले अनुसन्धान, विज्ञान तथा पारस्परिक हितका क्षेत्रहरूमा दुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

आइतबार चीन भ्रमणका क्रममा बेइजिङ पुगेका मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।