हत्यामा संलग्न रहेको अभियोगमा बागलुङबाट तीन जना पक्राउ

बागलुङ । लमजुङ क्वहोलासोथार गाउँपालिका-९ घर भएका ६२ वर्षीय देउ बहादुर सार्कीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा देउ बहादुरको श्रीमती तनहुँ माग्दे गाउँपालिका-७ पहेर घर भएकी २६ वर्षीया लक्ष्मी नेपाली, कास्की पोखरा महानगरपालिका-२६ जलधारे घर भएका ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्की मादी गाउँपालिका-३ याङ्गजाकोट घर भएका ५६ वर्षीय दमाई भनि चिनिने आसपुरे कामी रहेका छन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले जैमिनी नगरपालिका-१० राङखानी हाडीकोट सामुदायिक वनस्थित प्रतिक्षालयमा देउ बहादुरलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । 

उनीहरू उपर जिल्ला अदालत बागलुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।