धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते

धादिङ । धादिङको गल्छी गाउँपालिका–०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक सवारी साधन र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको सानो गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा दुवै सवारी साधनमा सवार ७ जना घाइते भएका छन् । घाइतेहरूको बैरेनी अस्पताल र स्मारिका मेडिकल हल, गल्छीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुवै सवारी साधन र सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।