रेड कर्नर नोटिस जारी भएका अभियुक्त पक्राउ

सिन्धुली । सिन्धुलीमा ७ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरि फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका- ९ बस्ने ५१ बर्षिय धनबहादुर बोगटीलाई कमलामाई-८ माईस्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका बोगटीलाई प्रहरीले गत पौष ६ गते रेड कर्नर नोटिस समेत जारी गरेको थियो । 

हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।