राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ, ५ जेठ : सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले भन्नुभयो, “१३२ केभी प्रसारण लाइनको देउराली र चिसापानीको बीचमा रहेको टावर हुरीबतासले लडाएपछि पुरानो ३३ केभी लाइनबाट काम चलाइरहेको छ, अहिले सुर्खेतमा १३२ केभी प्रसारण लाइन अवरुद्ध हुँदा सुर्खेतलगायत आसपासको क्षेत्रमा न्यून भोल्टेज हुँदा बिजुली बत्तीबाट चल्ने घरेलु उपकरण पनि चल्न सकेको छैन, समस्या समाधान गर्न छिटो पहल गरियोस् ।”

सांसद नारायणदत्त मिश्रले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष रहन दिनुपर्ने धारणा राख्नुभयो । सांसद भुवनबहादुर सुनारले सुकुम्बासी समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद सोनाम गेल्जेन शेर्पाले सोलुखुम्बु जिल्लामा रहेको जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सांसद सुरेशकुमार आलेमगर, मोहमद खालिद, युवराज शर्मा र राजेन्द्र लक्ष्मी गैरेले देशको समसामयिक विषयमा सरकारसँग चासो राख्नुभयो ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।