बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

सुर्खेत, ३० भदौ ।

हिन्दु र बाैद्ध धर्मावलम्वीको साझा धार्मिक स्थल हो काँक्रेविहार । काँक्रेविहार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ स्थित सानो पहाडी टाकुरोमा अवस्थित छ । 

काँक्रेविहार पहुँच मार्ग दयनीय भएको भएपनि यस क्षेत्रको अवलोकन गर्न वार्षिक रुपमा हजारौं धार्मिक पर्यटकहरु यहाँ आउने गर्दछन् ।

यो एक प्राचीन बौद्धविहारसमेत हो । १२औँ शताब्दीमा निर्माण भएको काँक्रेविहार विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवि र मल्लकालीन युगसँग जोडेको छ । यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन् ।

शिखरशैलीमा निर्माण गरिएको विहारमा हिन्दु र बौद्ध संस्कृतिको संगम देख्न पाइन्छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।