प्रधानमन्त्री शाह र मोदीबीच ‘वान टू वान’ भेटवार्ता

प

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टू वान’ भेटवार्ता भएको छ ।

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि दुवै प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका छन् ।

बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री शाह र भारतीय मोदीले संयुक्त रूपमा मिडिया ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।