काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो निम्तो दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताउदै नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको बताए ।
पत्रकार सम्मेलनअघि नेपाल–भारत सम्बन्ध झल्काउने भिडियो सामग्री देखाइएको थियो । मोतीहारी–अमलेखगन्ज पाइपलाइनदेखि नेपालको हाइड्रोपावरमा भारतले गरिरहेका कामहरूबारे देखाइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्नुअघि प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका थिए । यससँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।
त्यसअघि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए ।
प्रधानमन्त्री शाह आजै भ्रमण सकेर स्वदेश फर्किदैछन् ।

