नेपालमा आईआईटीको बाह्य शाखा स्थापना गर्ने मोदीको घोषणा

न

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ उद्यम प्रवर्द्धन केन्द्र, नवप्रवर्तन केन्द्र र भारतीय प्रविधि संस्थान (आईआईटी) को बाह्य शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसरसमेत बढाउने बताएका छन् ।

त्यसैगरी, खाद्य प्रशोधन र कृषि उत्पादनको मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि–औद्योगिक पार्क विकास गर्न भारतले सहयोग गर्ने उनले बताए ।

मोदीले भारतले लामो समयदेखि नेपाललाई पेट्रोलियम पदार्थसहित अन्य अत्यावश्यक वस्तुको भरपर्दो आपूर्तिकर्ताका रूपमा सहयोग गर्दै आएको उल्लेख गरे ।

भारतको छिमेकी पहिलो नीतिअनुसार यस वर्ष इन्धन आपूर्तिमा गम्भीर चुनौती हुँदाहुँदै पनि नेपालमा पेट्रोलियम पदार्थ, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखिएको उनले बताएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।