नेपाली क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्ने, लर्ड्समा बंगलादेशविरुद्ध टी-२० खेल खेल्दै

न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुनमा इंग्ल्यान्ड भ्रमण गर्ने घोषणा गरेको छ ।

भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग गरी ६ टी-२० खेल खेल्नेछ।

संघले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० खेल हुनेछ ।

नेपालले जुन ६ मा वर्म्स्लीमा आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ९ मा वर्म्स्ली तथा जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग टी–२० खेल खेल्ने तालिका छ ।

यस भ्रमणको मुख्य आकर्षण विश्वप्रसिद्ध लर्ड्स मैदानमा बंगलादेशसँग हुने टी–२० खेल हुनेछ । नेपालले इंग्ल्यान्ड भ्रमणमा विभिन्न तीन टोलीसँग एकदिवसीय र टी–२० दुवै प्रारूपमा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार भ्रमणका सबै ६ खेल जुन १ देखि १२ सम्म सञ्चालन हुनेछन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।