चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने

च

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमने सामने हुदैछन् । 

यस खेलमा चितवन राइनोजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै काठमाडौँ गोर्खाजले पहिला बलिङ गर्ने भएको छ ।

यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

लिग चरणमा काठमाडौँ गोर्खाज तेस्रो स्थानमा थियो भने चितवन राइनोज चौथो स्थानमा रहेको थियो ।

यी दुवै टीमबीच समुह चरणको खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।