एन्फामाथि राखेपको निलम्बन र प्रतिबन्ध फुकुवा

ए

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।

राखेपको कार्यकारी समितिले बिहीबार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम प्रतिबन्ध हटाउने निर्णय गरेको हो। राखेपले एन्फालाई पत्र पठाउँदै निर्णयबारे जानकारी गराएको छ ।

यसअघि चैतमा अग्रिम निर्वाचन गर्ने प्रयासपछि एन्फामा विवाद सुरु भएको थियो । त्यसपछि राखेपले असारमा प्रतिबन्ध लगाएको थियो भने सरकारी हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय फुटबल महासंघले जुन २४, २०२६ मा एन्फालाई प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्ध फुकुवाबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ र एसियाली फुटबल महासंघलाई समेत जानकारी गराएको छ ।

यसैबीच आजै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली फुटबल महासंघ (एएफसी) को थाइल्याण्डमा हुने बैठकमा सहभागिता जनाउदै छन् भने उनले एन्फाको प्रतिबन्ध बारे छलफल गर्न एएफसी र फिफाका प्रतिनिधिसँग भेटवार्ता समेत गर्न लागेका छन् । सोही सन्दर्भमा सकारात्मक सन्देश दिन राखेपले आजै एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।