सोमपालले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जिसी टिममा सामेल

स

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी अलराउन्डर सोमपाल कामीले कतारमा आयोजना हुने ‘एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६’ प्रतियोगिता गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले चोटका कारण सोमपाल प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएको हो । उनी एनपीएलको तेस्रो संस्करणको अन्तिम खेलका क्रममा घाइते भएका थिए ।

नोभेम्बर १९ देखि २९ सम्म कतारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ। क्यानले यसअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

सोमपालको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई टोलीमा समावेश गरिएको छ । यसैगरी, वैकल्पिक खेलाडीका रूपमा रहेका मयन यादवलाई पनि मुख्य टिममा समावेश गरिएको क्यानले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।