चर्चित भारतीय वेब सिरिज ‘पञ्चायत’ को पाँचौँ सिजन डिसेम्बर ३ देखि प्रसारण हुने

च

काठमाडौँ । भारतीय चर्चित वेब सिरिज ‘पञ्चायत’को पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि प्रसारण हुने भएको छ । अमेजन प्राइम भिडियोले बुधबार नयाँ सिजनको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

नयाँ सिजनमा दर्शकले फेरि उत्तर प्रदेशको काल्पनिक गाउँ फुलेरा र सचिवजीको कथालाई हेर्न पाउनेछन् । गाउँको राजनीति, बदलिँदो सम्बन्ध र हास्यपूर्ण घटनाक्रम नयाँ सिजनको मुख्य आकर्षण हुनेछन्। यसपटक नयाँ प्रधान मंजूदेवी र सचिवबीचको सम्बन्ध तथा प्रधानपति भूषणको भूमिका पनि कथाको केन्द्रमा रहनेछ ।

सिरिजमा जितेन्द्र कुमार, रघुबीर यादव, नीना गुप्ता, सुनीता राजवर, फैजल मलिक, चन्दन राय, दुर्गेश कुमार र अशोक पाठक लगायतका कलाकारले अभिनय गरेका छन् । यसको निर्देशन दीपक कुमार मिश्राले गरेका हुन् ।

सन् २०२० मा पहिलो सिजनबाट सुरु भएको ‘पञ्चायत’को दोस्रो सिजन सन् २०२२, तेस्रो सिजन सन् २०२४ र चौथो सिजन सन् २०२५ को जुनमा सार्वजनिक भएको थियो । पाँचौँ सिजनसँगै ‘पञ्चायत’ पाँच सिजन पूरा गर्ने भारतका दुई वेब सिरिजमध्ये एक बन्नेछ । यसअघि ‘गुल्लक’ले पाँच सिजन पूरा गरेको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।