फिल्म ‘रामायण’ को विश्वभर बम्पर कमाई, १२ दिनमा कति कमायो ?

फ

काठमाडौं । बलिवुड फिल्म ‘रामायण’ ले विश्वभर बम्पर कमाई जारी राखेको छ ।

रिलिजको १२ दिनमा रामायणले विश्वभरबाट १४ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको हो । 

नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ ।

फिल्मले प्रदर्शनको १२ दिनसम्म विश्वभरबाट १४३७.२५ करोड भारतीय रुपैयाँ कमाएको छ । भारतमा यसको कुल कमाइ ७९२.६ करोड भारतीय रुपैयाँ पुगेको छ भने भारतबाहिरबाट ४९० करोड भारतीय रुपैयाँ कमाई गरेको बलिवुडको बक्स अफिस रिपोर्टिंग गर्ने मिडिया स्याक्निलले उल्लेख गरेको छ ।

फिल्मले नोभेम्बर ५ मा प्रदर्शन सुरु गरेको थियो । भारतमा रामायणले पहिलो दिन पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा १२औं दिन सोमबार फिल्मले ३२ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन्।

मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुने बताइएको छ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । पहिलो भागका लागि नैयसअघि हजार करोड भन्दा बढी खर्च भएको भनिएपनि निर्माताहरुले फिल्मले राम्रो प्रदर्शन गरेपछि पहिलो भागको बजेट ८ सय करोडभन्दा कम भएको बताएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।