बक्सअफिसमा आ बाट आमा- २ अगाडी, अन्य चलचित्रले कति कमाए ?

ब

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक ८ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, आ बाट आमा- २, बा: एक योद्धा, छ माया छपक्कै र १२ गाउँ- २ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । 

जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड ३ लाख १४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४४ हजार ८१७ टिकट बिक्री गरेको छ ।

त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म १० करोड २३ लाख ५६ हजार कमाई गरेको छ भने यस चलचित्रका ३ लाख ६० हजार ५९३ टिकट विक्री भएका छन् । त्यसैगरी, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको फिल्म बा: एक योद्धाले अहिलेसम्म ३ करोड ५१ लाख ३९ हजार कमाई गरेको छ । यस फिल्मका एक लाख २६ हजार १८२ टिकट विक्री भएका छन् ।

त्यस्तै, असोज ३० गतेबाट प्रदर्शनमा आएको आ बाट आमा- २ चलचित्रले बक्स अफिसमा ४ करोड ११ लाख ४६ हजार कमाई गरेको छ । यस चलचित्रका एक लाख ३१ हजार ४९१ टिकट विक्री भएका छन् । त्यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको छ माया छपक्कै २ ले अहिलेसम्म २ करोड ७६ लाख ३९ हजार कमाइ गरेको छ भने यस चलचित्रका ८२ हजार ७८९ टिकट विक्री भएका छन् ।

त्यस्तै, असोज ३० गतेदेखि प्रदर्शनमा आएको १२ गाउँ २ ले अहिलेसम्म एक करोड ८३ लाख ९४ हजार कमाई गरेको छ । यस चलचित्रका हालसम्म ५७ हजार ९८३ टिकट विक्री भएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।