Category

प्रबिधि

एलन मस्कको वित्तीय सेवामा प्रवेश, शुरु गरे ‘एक्स मनी’

काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले नयाँ वित्तीय सेवा ‘एक्स मनी’ सार्वजनिक गरेको छ । यो सेवामार्फत प्रयोगकर्ताले एकअर्कालाई तत्काल रकम पठाउन सक्नेछन् । कम्पनीका अनुसार ‘एक्स मनी’ कुनै नयाँ बैंक भने होइन । यसले क्रस रिभर बैंकको बैंकिङ सेवा र प्रविधिको प्रयोग गर्दै आफ्नै ब्रान्डमार्फत सेवा उपलब्ध गराइरहेको छ । नयाँ बैंक स्थापना गर्न लामो समय र ठूलो लागत...

चिनियाँ ह्युमनाइड रोबोटप्रति अमेरिका चिन्तित, नयाँ कानुन बनाउदै

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) र मानवरूपी तथा चारखुट्टे रोबोट प्रविधिमा चीनले तीव्र गति लिइरहेका बेला अमेरिकाले त्यसलाई राष्ट्रिय सुरक्षासँग जोडेर नयाँ कानुनी कदम अघि बढाएको छ । रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदहरूले संयुक्त रूपमा ‘गार्ड ऐन’ नामक विधेयक संसदमा दर्ता गरेका छन् । प्रस्तावित विधेयकको उद्देश्य चीनमा निर्मित उन्नत रोबोट प्रणालीलाई अमेरिकी महत्वपूर्ण पूर्वाधारमा प्रयोग हुनबाट...

प्रविधि क्षेत्रमा दुर्लभ घटना: ओपनएआईको मोडल परिक्षणका क्रममा एआईले अर्को प्रणाली ह्याक गरेपछि..

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो क्षमतासँग सम्बन्धित एक असाधारण घटनाको खुलासा भएको छ । अमेरिकी प्रविधि कम्पनी ओपन एआईले आफ्नो आन्तरिक परीक्षणका क्रममा एउटा उन्नत एआई नमुनाले स्वतः अर्को एआई कम्पनी हगिङ फेसको प्रणालीमा प्रवेश गरेको जनाएको छ । कम्पनीले यसलाई एआई इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटनामध्ये एक भनेको छ । ओपन एआईका अनुसार नियन्त्रित परीक्षणका क्रममा कुनै एआई नमुनाले मानवीय...

अनलाइन सट्टेबाजीसँग सम्बन्धित दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ । यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्कपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्नसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि...

एआई प्रणालीको विश्लेषणबाट हटाएको भन्दै मेटाविरुद्ध २६ कर्मचारी गए अदालत

काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाविरुद्ध कर्मचारी हटाउने निर्णयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेको आरोप लगाउँदै २६ जना कर्मचारीले अमेरिकाको क्यालिफोर्नियास्थित सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूले कम्पनीले यस वर्षको सुरुआतमा करिब आठ हजार कर्मचारी कटौती गर्दा व्यवस्थापकको मूल्याङ्कनभन्दा एआई प्रणालीको विश्लेषणलाई आधार बनाएको दाबी गरेका छन्। ७१ पृष्ठ...

ह्वाट्सएपले ल्यायो एआईमा आधारित ‘बिजनेस एजेन्ट’

काठमाडौं । मेटाले व्यवसायीलाई लक्षित गर्दै ह्वाट्सएपमा नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित मेटा बिजनेस एजेन्ट सार्वजनिक गरेको छ । मुम्बईमा ह्वाट्सएपको तेस्रो बिजनेस समिटका क्रममा सार्वजनिक गरिएको यो प्रणालीले ग्राहकका प्रश्नको उत्तर दिनेदेखि उत्पादन सिफारिस गर्ने, भेटघाटको समय तय गर्ने र बिक्री बढाउन सहयोग गर्ने काम स्वचालित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ । मेटाका अनुसार यो एआई सहायक...

सरकारलाई विज्ञहरुको सुझावः डिएनए परीक्षण सम्बन्धि तत्काल कानूनी व्यवस्था गरियोस्

विज्ञहरूले डीएनए परीक्षणका लागि आवश्यक कानूनी व्यवस्था तत्काल गर्न सरकारलाई सुझाव दिएका छन्। विज्ञहरु ओमप्रकाश शर्मा, गोपाल चौधरी र निराजन थापाले नेपालमा डिएनए परीक्षणका लागि कानूनी व्यवस्था नभएकाले तत्काल बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र...

निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला खोल्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।  सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरुसँग छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा जरुरी रहेको...

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको २०३० सम्म अन्त्य, प्रशान्त महासागरमा खसालिने

काठमाडौँ । पृथ्वीबाट करिब ४०० किलोमिटर माथि विगत २५ वर्षदेखि मानव जातिको सबैभन्दा ठूलो अन्तरिक्ष प्रयोगशालाका रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अब आफ्नो अन्तिम चरणमा पुगेको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ देखि प्रक्रिया सुरु गर्दै सन् २०३० भित्र यसलाई सुरक्षित रूपमा पृथ्वीमा खसाल्ने योजना सार्वजनिक गरेको छ। यसका लागि नासाले करिब एक अर्ब अमेरिकी डलर अर्थात्...

गुगलले किन छोड्दैछ ३ करोड २० लाख विशेष लामखुट्टे ?

काठमाडौँ । विश्वका ठूला प्रविधि कम्पनीमध्ये एक गुगलले अमेरिकाका क्यालिफोर्निया र फ्लोरिडा राज्यमा करिब ३ करोड २० लाख विशेष प्रकारका लामखुट्टे छाड्ने योजना अघि सारेको छ । लामखुट्टेबाट सर्ने रोग नियन्त्रण गर्ने उद्देश्यसहित कम्पनीले यो परियोजना अघि बढाएको हो । एक प्रतिवेदनअनुसार कम्पनीले ती लामखुट्टे छाड्न अमेरिकी सरकारी निकायसँग अनुमति मागेको छ । पहिलो नजरमा यो योजना अस्वाभाविक वा चिन्ताजनक लाग्न...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।