Category

राजनीति

र

फरक परिणाम निकाल्न फरक सोच्नुपर्छ- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नुपर्ने बताएका छन् । चितवनमा पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै गुट-उपगुटमा नलाग्न आग्रह गरेका छन् । उनले भने- ‘फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जो जहाँ जसरी...

विष्णु पौडेललाई बिना शर्त रिहाई गर्न एमालेको माग

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले पक्राउ परेका पार्टी उपाध्यक्ष विष्णु पौडेलको बिना शर्त रिहाईको माग गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकाल्दै बिना सर्त रिहा गर्न माग गरेको हो । बैठकका निर्णय बारे जानकारी दिदै एमाले प्रमुख सचेतक ऐन महरले भने- ‘पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र...

गृहमन्त्रीको खानामा माछाको काँडा भेटिएको भनी आएको समाचारप्रति खण्डन

चितवन । गृहमन्त्री सुधन गुरुङको खानामा अखाद्य वस्तु भेटिएको भनी सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको छ। आज चितवनस्थित ‘लड्स प्लाजा’ होटलमा खाजा खाने क्रममा गृहमन्त्रीको अमलेटमा माछाको काँडा भेटिएको भनी आएका समाचारमा कुनै सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ। उक्त विषयलाई लिएर विभिन्न माध्यममा आएका समाचारहरू अतिरञ्जित र आधारहीन रहेको...

रास्वपाको बन्द सत्र दिउसो २ बजेदेखि शुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज दिउसो २ बजेदेखि शुरु हुने भएको छ ।  महाधिवेशनको नयाँ कार्यतालिका अनुसार प्रतिनिधि दर्ताको काम बिहान १० बजेदेखि शुरु भएको र २ बजेदेखि बन्द सत्र शुरु हुने भएको हो । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा अनुशासन आयोगले प्रतिवेदन, वित्तीय प्रतिवेदन प्रस्तुति र छलफल, संगठनात्मक प्रतिवेदन, विधान प्रतिवेदन, अर्थ...

एमालेको संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ भने सचिवालय बैठक आजै साँझ ओली निवास गुण्डुमा बस्ने जानकारी दिइएको छ ।

Post Views: 100 47

जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखि छु

काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्ने बारे आफुले सदन र पार्टीमा आवाज उठाएको दाबी गर्दै अहिले आफु बारे भ्रम सिर्जना गरिएको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले सदन र पार्टीमा उठाएको उल्लेख गर्दै त्यसमा आफु अहिले पनि अडिग रहेको बताएका छन् ।  उनले भनेका छन्- ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा...

रास्वपाको बन्द सत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरू हुन सकेको छैन्  हिजो देखी सुरू भएको बन्द सत्र महाधिवेसन प्रतिनिधिको टुंगो तथा अन्य प्रावधिक समस्या देखाएर अझै सुचारू हुन नसकेको हो । सो अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले बन्द सत्र स्थलमा सुरक्षा जाँच गरेको छ भने यतिखेर प्रतिनिधिहरू खान खान लाइनमा बसिरहेका छन् । शिर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन्...

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए । रास्वपाको नयाँ नेतृत्वको चयनका लागि आजै मनोनयन दर्ता...

रास्वपाको बन्द सत्र आज नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज नहुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि आज बन्द सत्र हुन नसकेको हो । महाधिवेशनको कार्यतालिका अनुसार आज बिहान साढे ८ बजेदेखि सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिलन सकेन । अब विवाद मिलाएर मंगलबार बिहान ८ बजेदेखि बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।   महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय...

एमाले नेता विष्णु पौडेल पक्राउ

काठमाडौँ  ।  पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।  बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।  प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन्...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।