मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए ।

रास्वपाको नयाँ नेतृत्वको चयनका लागि आजै मनोनयन दर्ता गर्ने भोली निर्वाचन हुने तालिका रहेको छ । तर प्रतिनिधि विवाद हुदा अहिलेसम्म बन्दसत्र शुरु हुन सकेको छैन ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।