Category

राजनीति

र

उजुरीको भरमा कसैको चरित्र हत्या गर्न पाइदैन- गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन् । शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउदै उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका हुन् । उनले...

नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण

काठमाडौं, २८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, सिंहदरबार पुगेर नेकपा नेता पुनले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन्। पुनको सचिवालयका अनुसार सो भेटमा रोल्पाका बाढी पीडितहरूलाई राहत र उद्धारको विषयमा पुनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।रोल्पाको...

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू, देउवाले गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थ्पन इतर पक्षको राष्ट्रिय भेला सुरू भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गरेसँगै भेला शुरु भएको हो ।  सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शंशाक कोइरालाको अध्यक्षतामा भेला जारी रहेको छ । भेलामा देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ...

हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चीनबाट अवैध रूपमा नेपाल भित्र्याएर बेवारिसे अवस्थामा राखिएको मदिरा बरामद गरेको हो । प्रहरीका अनुसार...

सरकार असफल हुने छुट छैन- सभामुख अर्याल

काठमाडौँ । सभामुख डीपी अर्यालले वर्तमान सरकार असफल हुने कुनै छुट नरहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्ने बताउदै सरकारलाई असफल हुने छुट नरहेको बताएका हुन् । उनले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न आग्रह...

संस्थापन इतर पक्षको भेलामा उपस्थित भए डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा उपास्थित भएका छन् । सुकेधाराको मिराकल पार्टी भेन्युमा शुरु भएको भेलामा डा. कोइराला उपस्थित भएका हुन् । भेलाको आज पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् भने भोली र पर्सी बन्दसत्र हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् ।  भेलाको बन्दसत्रमा कांग्रेसका पूर्व उपसभापति...

पार्टीको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्नेछ- विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन् । बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले देउवाको अभिमतलाई राष्ट्रिय भेलामा पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताउदै गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश...

रास्वपाको असफलतालाई पुराना दलका नेताले आफ्नो पुनरोदयको आधार नठानून्- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्था र नयाँ नेताहरूको असफलतालाई मात्रै आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् । भट्टराईले पुराना दलका प्रमुख नेताहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्थालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा रमाउन थालेको बताउदै यसलाई आफ्नो...

पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।  शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो । त्यस्तै, श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुइटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सिपियू पनि अदालतमा ल्याउन आदेश दिएको छ । श्रेष्ठलाई...

दुर्गा प्रसाईको अपिल- दल दर्ता गर्न केहि समय धैर्य गरौँ

काठमाडौँ । डा. धवलशमशेर राणाको नेतृत्वमा दर्ता गर्ने तयारी गरिएको ‘जय नेपाल पार्टी’प्रति दुर्गा प्रसाईँले असहमति जनाएका छन् । प्रसाईँले आफूहरूसँग सहकार्य गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका नेता तथा अभियानमा संलग्न साथीहरूलाई सम्बोधन गर्दै छुट्टै राजनीतिक दल निर्माणको तयारी भइरहेको बताएका छन् । प्रसाईँले २००४ सालदेखि २०८२ सालसम्म नेपालमा राजनीतिक दल दर्ता गर्ने र नेता बन्ने काम भए पनि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।