हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चीनबाट अवैध रूपमा नेपाल भित्र्याएर बेवारिसे अवस्थामा राखिएको मदिरा बरामद गरेको हो ।

प्रहरीका अनुसार झिनिगिन्टी मदिरा ५९४ कार्टुनमा ७ हजार १२८ बोतल र चिनियाँ बोर्ड भाइजर बियर १९४ कार्टुनमा ४ हजार ६५६ बोतल बरामद भएको छ। बरामद मदिराको बजार मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।