काठमाडौँ । नेकपाका सांसद बर्षामान पुनले जनताले कतिवटा लाइन लाग्नुपर्ने हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधि सभामा बोल्दै नेता पुनले नयाँ दल नयाँ पार्टीले लाइन थप्ने भनेको हो भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने- ‘आज एकातिर खाने ग्यासको आपूर्ति भएको छैन, बर्षाको बीचमा उपभोक्ताहरु, जनताहरु लाइनमा बसिरहेका छन्, अर्को तिर मल पर्याप्त उपलब्ध छैन, यसको...









