बर्षामान पुनको प्रश्न- जनताले कतिवटा लाइन लाग्नुपर्ने हो ?

काठमाडौँ । नेकपाका सांसद बर्षामान पुनले जनताले कतिवटा लाइन लाग्नुपर्ने हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै नेता पुनले नयाँ दल नयाँ पार्टीले लाइन थप्ने भनेको हो भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन्  । 

उनले भने- ‘आज एकातिर खाने ग्यासको आपूर्ति भएको छैन,  बर्षाको बीचमा उपभोक्ताहरु, जनताहरु लाइनमा बसिरहेका छन्, अर्को तिर मल पर्याप्त उपलब्ध छैन, यसको पनि लाइन देखिन्छ, पासपोर्टको पनि लाइन देखिन्छ । नयाँ पार्टी, नयाँ साथीहरुको स्प्रिट थियो, विगत ३५ बर्षमा लाइन नै लाइन भयो भनिन्थ्यो, आज त झन् धेरै लाइन देखियो, कतिवटा लाइन बस्नुपर्ने हो जनताले ? नयाँ भनेको लाइन थप्ने भनेको हो ? यसमा हामीलाई जवाफ चाहिन्छ ।’

सांसद पुनले अब स्थापित पुरानो पार्टीलाई दोष दिएर नहुने भन्दै अब जवाफ दिनुपर्ने बताए । पुनले अहिले ग्यास र मल पुरानो पार्टीले गर्दा नपाइएको भन्दै वितरण प्रणाली ठिक गर्नुपर्ने बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।