विवादका बिच महाधिवेशनको तयारीमा काँग्रेस, निर्वाचन अधिकृतलाई प्रशिक्षण दिइँदै

काठमाडौँ । पार्टीमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारी शुरु गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गराउन तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा हुने निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रम आज आयोजना गर्न लागिएको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रशिक्षण कार्यक्रम दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा हुने उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समेत उपस्थिति रहनेछ ।2026-8-18 10:35 am / 2083-05-02 10:35 am

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।