काठमाडौं, २ भदौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने भएका छ ।
संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५–१५ दिनमा तलब तथा भत्ता पाउने भएका हुन् । उनीहरूले यो तलब अर्ध मासिक रूपमा पाउने छन्।
महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन संघीय सरकार मातहतका सबै सरकारी र सार्बजनिक कार्यालयहरूलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ।
भदौं १ गते गरिएको परिपत्र अनुसार संघीय सरकारका सरकारी तथा सार्बजनिक संस्थामा कार्यरत कर्मचारीले पहिलो किस्ता स्वरूप भदौं १५ गते देखी पाउने छन् । तर, यो ब्यवस्था प्रदेश र स्थानिय तहको हकमा भने तत्काल लागु हुने छैन् ।

