काठमाडौँ । रसुवाको सीमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले विपद् जोखिम न्यूनीकरण तथा...







