Category

राजनीति

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौँ, २८ वैशाखः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम...

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

काठमाडौँ, २७ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ । रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’ले आयोजना गर्ने कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो । अपराह्न ३ बजेदेखि सुरु हुने नीति मन्थन कार्यक्रममा प्रमुख...

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, २७ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही...

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

काठमाडौँ, २५ वैशाख: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनुभएको छ । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरुको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो ।‘बढी शुल्क...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, २५ वैशाखः सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख २८ गते सोमबार अपराह्न ४ः०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले...

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

कायरो, १४ वैशाख (रासस/एपी) विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारेको छ, तर त्यसको सट्टामा अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने शर्त राखेपछि कूटनीतिक समीकरण झनै जटिल बनेको छ । आणविक कार्यक्रमलाई अलग राख्दै अघि सारिएको यो प्रस्तावले युद्धविरामलाई दीर्घकालीन समाधानमा रूपान्तरण गर्ने प्रयास भए पनि सहमति...

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ, १४ वैशाखः सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा...

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे

काठमाडौँ, १४ वैशाखः नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो । यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी...

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाअन्तर्गतको महत्त्वपूर्ण समिति मानिने सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेस लाई दिने निर्णय गरेको छ। रास्वपाले संसदीय परम्परा र लोकतान्त्रिक अभ्यासलाई ध्यानमा राख्दै प्रमुख प्रतिपक्षी दललाई उक्त समितिको नेतृत्व दिन उपयुक्त हुने निष्कर्ष निकालेको जनाएको छ। संसदमा सार्वजनिक खर्च, सरकारी निकायको वित्तीय अनुशासन तथा अनियमितताको...

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको मुख्य सचेतकमा सन्तोष बुर्लाकोटी लाई मनोनित गरेको छ। पार्टी संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टी नेतृत्वको निर्णयअनुसार बुर्लाकोटीले अब प्रतिनिधि सभामा रास्वपाका सांसदहरूलाई समन्वय गर्दै संसदमा पार्टीको धारणा प्रस्तुत गर्ने, सांसदहरूको उपस्थिति र गतिविधिलाई व्यवस्थापन गर्ने तथा संसदीय...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।