Category

राजनीति

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् । बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद सिंहले बजेटमा करिब ७ खर्बको घाटाको बजेट ल्याएको भन्दै यो हावा भरेको बजेट भएको टिप्पणी गरेका हुन् । उनले भने- ‘दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो...

मन्त्रालयको काम शून्यबाट शुरु गर्दैछौं- महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनका अनुसार मन्त्रालय अन्य मन्त्रालय जस्तो पूर्वतयारी अवस्थामा नभएकाले सबै संरचना र कार्य प्रणाली नयाँ ढंगले निर्माण गर्नुपर्ने अवस्था छ । मन्त्री पुनले पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिएका...

आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटी सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पार्नुभएको छ ।  बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै डा. वाग्लेले बजेट निर्माणका क्रममा भएका केही छिटफुट त्रुटीहरूलाई लिएर अनावश्यक भ्रम र ‘हाउगुजी’ सिर्जना गरिएको दाबी गर्नुभयो । संसदमा प्रश्तुत आर्थिक विधेयक (मनी बिल) मा सामान्यतया संशोधन...

नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनुभएको छ ।  प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै उहाँले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताउनु भयो । उहाँले देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौँ, २७ जेठः सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ । सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्तिसम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिनुभयो । “स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण...

अर्थमन्त्री डा. वाग्लेमाथि संसदले छानबिन गर्नुपर्छ- रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले राष्ट्रिय योजना आयोगको सदस्य...

संसदको गतिरोध खुलाउन हर्क साम्पाङको मध्यमार्गी प्रस्ताव

काठमाडौं । संसदको गतिरोध खुलाउन श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मध्यमार्गी प्रस्ताव अगाडी सारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङले संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीको लिखत वक्तव्य समेत समावेश गरी आगामी दिनहरुमा यस्ता नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री र प्रतिनिधिसभाका सांसदहरु कोही कसैले यस्ता...

नेपालद्वारा फिलिपिन्सको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुख व्यक्त

काठमाडौं । नेपाल सरकारले फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ । साथै अझै बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको चाँडो स्वास्थ्यलाभको...

करका दरमा हेरफेर नभएको सरकारका प्रवक्ताको दावी

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् ।  मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् । उनले भने- ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’...

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तत्काल असुल गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विशेष सुविधा लिएर विद्युत उपभोग गरेका उद्योगहरूले तिर्न बाँकी रहेको प्रिमियम महसुल तत्काल कानूनबमोजिम असुल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । घिसिङले आम नागरिक दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेका बेला विशेष सुविधा प्राप्त औद्योगिक ग्राहकहरूले उपभोग गरेको विद्युतको प्रिमियम महसुल भुक्तानी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।