Category

विविध

जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ । नेपालभाषा र नेपाली भाषाका जनकवि, गीतकार, नाटककार तथा चिन्तक दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए । श्रेष्ठले पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए । उनले नेपालभाषासँगै नेपाली भाषामा कविता, गीत, नाटक तथा अन्य साहित्यिक विधामा महत्वपूर्ण योगदान दिएका छन्। नेपाल...

मलखाधमा बदमासी गर्ने सहकारीलाई कारबाही गर्छौं: डिएसपी आचार्य

रौतहटको मध्यभागस्थित इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर प्रसाद आचार्यले किसानका लागि आएको मलखाद वितरणमा बदमासी गर्ने सहकारी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। धानबालीमा गोडमेल गरी मलखाद हाल्ने मुख्य समयमा किसानलाई उपलब्ध गराउनुपर्ने मल अन्यत्र लैजाने, असम्बन्धित व्यक्तिलाई दिने वा बढी मूल्यमा बिक्री गर्ने जस्ता गतिविधि सह्य नहुने डीएसपी...

मधेस प्रदेशमा ‘शिक्षा संवाद’: शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव

जनकपुरधाम । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधाम–६, धनुषास्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुण्डमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा मधेस प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको...

सरकारले ‘शिक्षा संवाद’ मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षक-कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानबारे शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा आफ्नो संस्थागत उपस्थिति नराखिएको भन्दै आपत्ति जनाएको छ । महासंघले साउन ३० गतेदेखि सातै प्रदेशमा आयोजना गरिएको ‘शिक्षा संवाद’ मा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघलाई सहभागी नगराइएको भन्दै यसले शिक्षक...

एनआरएनएद्वारा वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने माग

काठमाडौँ । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली तथा नेपाली मूलका व्यक्तिका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने माग दोहोर्याएको छ । ग्वाङ्झाउमा जारी ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६ ’ मा नागरिकता, मतदान अधिकार र गैरआवासीय नेपालीका कानुनी अधिकारबारे छलफल भएको हो । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विश्वका ११० देशमा रहेका नेपालीको साझा प्रमुख माग वंशजको...

क्याम्ब्रिजका सबैभन्दा कान्छा अश्वेत प्राध्यापकको रहस्य मृत्यु

लन्डन, ३१ साउन । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सबैभन्दा कान्छा अश्वेत प्राध्यापक जेसन अर्डेको ४१ वर्षको उमेरमा निधन भएको छ। उनले शिक्षा र समाजसँग सम्बन्धित विषयहरूमा अनुसन्धान तथा अध्यापन गर्थे। स्थानिय समय अनुसार शुक्रबार दिउँसो करिब ३ बजे दक्षिण लन्डनको ब्याटरसीस्थित उनको घरमा उनी अचेत अवस्थामा फेला परेका थिए। एम्बुलेन्स टोलीले उनलाई बचाउने प्रयास गरे पनि उनको उपचारको क्रममा निधन भएको हो...

श्रीमती आहुजाले नै ‘सुगर डयाडी’ भने पछि रिसाए गोबिन्दा, भडकिदै आए भिडियोमा

मुम्बई, ३१ साउन । बलिउड अभिनेता गोविन्दा लामो समय देखि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनको नाम प्रायः अभिनेत्री कोमल रानीसँग जोडिँदै आएको छ र उनीहरूबीचको कथित सम्बन्धबारे सञ्चारमाध्यममा व्यापक चर्चा चलिरहेको छ।  यसैबीच, उनीहरू दुई पटक विमानस्थलमा सँगै देखिएका थिए। सुनिता आहुजाले अभिनेतामाथि कडा आक्रोश पोखिन् र अभिनेत्री कोमललाई पनि छोडिनन्, उनले गोविन्दालाई कोमलको ‘सुगर ड्याडी’...

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।...

केयुको उपकुलपतिमा बिबेक बराल नियुक्त

काठमाडौं, २८ साउन । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरेका छन् । शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको...

प्रियंका कार्कीको ‘मास्टर्नी’ १६ बर्ष मुनिकालाई देखाउन नपाइने

काठमाडौं, २९ साउन । प्रिंयका कार्कीको ‘मास्टर्नी’ १६ बर्ष मुनिकाका लागि देखाउन प्रतिबन्ध लगाइएको छ ।  केन्द्रीय चलचित्र जाँच समितिले प्रियंका कार्की निर्मित ‘मास्टर्नी’ फिल्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने गरी एडल्ट सर्टिफिकेट दिएको हो। यसअघि दुर्गेश थापाको प्रमोशन गीत हाले पछि सुरूमा नै बिबादमा परेको प्रियंकाको पहिलो चलचित्र ‘मास्टर्नी’ अन्ततः अलि धेरै ‘भल्गर’ र ‘हिंसात्मक’ भएको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।