Category

विविध

घान्द्रुकलाई एक फन्को

गण्डकी, २७ वैशाखः गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ घान्दु्रकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् । करिब दुई घण्टाको हिँडाइमा प्रकृतिमय घान्द्रुकको आनन्द बटुल्छन् । देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र आगन्तुकको बसाइ...

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

चन्द्रपुर (रौतहट), २७ वैशाखः रौतहटमा प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालनमा ल्याएको छ । रौतहटमा पछिल्ला समय युवापुस्तामाझ लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालन गरेको हो । नेपाल–भारत सीमा क्षेत्र तथा जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरको विभिन्न भू–भागमा लागुऔषध सेवनकर्ता तथा बिक्रीवितरणमा...

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन, २७ वैशाखः जिल्ला वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको छ । लामो समयदेखि नवीकरण नभएका कबुलियती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रवर्द्धन सुरु गरिएको हो । जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार जिल्लामा ४३३ कबुलियती वन छन् । यस वर्ष दुई वटा थपिएका छन् भने तीन वटा थपिने क्रममा छन् । तीमध्ये १८ वटाले मात्रै नवीकरण गरेका छन् ।...

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु, वैशाख २७ः सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी पर्नुभएको थियो । उहाँलाई तत्काल बेस...

दार्चुलामा भूकम्प

काठमाडौँ, २७ वैशाखः दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

मूल्य पारदर्शिता सप्ताह मनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ले आगामी वैशाख २६ गते देखि जेठ ३ गतेसम्म “मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week)” मनाउने निर्णय गर्दै विभिन्न उद्योग तथा व्यवसायिक संस्थालाई आवश्यक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको पत्रमार्फत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थालाई सप्ताहव्यापी कार्यक्रम...

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषा, २७ वैशाखः पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् ।...

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ, २७ वैशाखः काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ । विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो । उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको मापदण्ड पालना...

मानवसेवा आश्रमको महायज्ञमा रु तीन करोड बढी सङ्कलन

कास्की, २७ वैशाखः मानवसेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट रु तीन करोड तीन लाख सङ्कलन भएको छ । मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसङ्कलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५ हेमजास्थित आश्रम प्राङ्गणमा महायज्ञ लगाइएको थियो । महायज्ञबाट मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण...

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ, २७ वैशाखः संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको सहभागिता थियो । कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।