तेजन खडका काठमाडाैं, ९ भदाैं। नेपाली चलचित्रमा रेखा थापा नाम आफैंमा अमुल्य परिचय हो। अभिनयबाट दर्शकको मनमा गहिरो छाप छोडेकी रेखाले चलचित्र निर्माण हुँदै निर्देशनसम्मको यात्रा तय गरिसकेकी छन्। पर्दामा देखिने कलाकार मात्र नभएर पर्दा पछाडिको सिर्जनात्मक नेतृत्व लिन सक्ने व्यक्तित्वका रूपमा पनि उनले आफूलाई स्थापित गरेकी छन्। अहिले रेखा फेरि क्यामेराको पछाडि छिन्। उनको निर्देशनमा तयार भइरहेको...










