नेप्से १९ अंकको गिरावट, ३ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५० कम्पनिका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर ११.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी पन्चकन्या माई हाइड्रोको शेयर ९.८३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ११ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।