काठमाडौं । कतारको विदेश मन्त्रालयले ईरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरिएको भन्ने समाचार असत्य भएको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले यस्तो दाबी गर्ने रिपोर्टहरू शान्ति सम्झौता विफल बनाउन चाहने पक्षले फैलाएको बताएका छन् । ईरान र अमेरिकाबीच जारी शान्ति वार्तासँग सम्बन्धित विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा कतारले ईरानलाई १२ अर्ब डलर प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो ।...










