बस्ती खाली नगराउने प्रतिबद्धतापछि बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हट्यो

महोत्तरी । विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हटेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादव  र डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले बस्ती हटाउने कुनै योजना नरहेको लिखित प्रतिबद्ध जनाएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक करिब १० घण्टापछि खुलेको हो ।

बर्दिबास नगरपालिका -३ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सोमबार राती सुचना जारी गर्न पुगेको डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएपछि तनाव भएको थियो । स्थानीयको नियन्त्रणमा रहेका कर्मचारीलाई सुरक्षाकर्मिले उद्धार गरेपनि स्थानीयले वन कार्यालयको गाडीमा आगजनी गरेका थिए ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।