Category

विविध

रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन

काठमाडौं, १८ भदौ । रसुवामा आएको बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली फिल्डमा खटिएका छन्। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका साथै शव पहिचान र डीएनए परीक्षणमा भारत तथा सिङ्गापुरका फोरेन्सिक टोलीले सहयोग गरिरहेका छन्। मन्त्रालयका...

काठमाडौं महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि ३५ दिने सूचना

काठमाडौं, १८ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो। सूचना अनुसार काठमाडौं महानगरपालिकाभित्र बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित...

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

स्याङ्जा, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार वडा कार्यालय परिसरमै वडाध्यक्ष वोस्तीमाथि मोबिल छ्यापेपछि थापा मगरलाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्नता र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले...

बाढीपीडितका लागि रौतहट बारद्वारा १ लाख १ हजार सहयोग

सञ्जय मिश्रा रौतहट, १७ भदौ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गरेको जनाएको छ। देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला पीडितको राहत तथा उद्धारमा आफ्नोतर्फबाट केही योगदान...

भोटेकोशी बाढी बारे चिनियाँ अनुसन्धानकर्ताको अध्ययन: यस्तो छ निष्कर्ष ?

काठमाडौं । भदौ १० गते नेपालमा भएको विनाशकारी हिमपहिरो तथा बाढीपहिरो तीव्र रूपमा फैलिनुको कारणबारे चिनियाँ अनुसन्धानकर्ताले नयाँ तथ्य सार्वजनिक गरेका छन् । चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बती पठार अनुसन्धान संस्थानको नेतृत्वमा गरिएको अध्ययनले विपद्को मुख्य कारण तत्कालको भारी वर्षा नभएको देखाएको छ । अध्ययन मंगलबार ‘चिनियाँ विज्ञान बुलेटिन’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ ।...

रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै झुन्डिएको अवस्थामा मृत फेला

न्यूज कारखाना रौतहट, १७ भदौ। रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय साह बुधबार बिहान आफ्नै घरको ढोकाको चौकसमा धोतीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार घटनाबारे बिहान करिब ६ बजे इलाका प्रहरी...

भोटेकोशी बाढी: ११ सय २७ जनाको शव फेला, ४८ सय ५८ अझै बेपत्ता

काठमाडौं, १७ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी मृत्यु भएका १ हजार १२७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ८ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म ४ हजार ८५८ जना नागरिक अझै सम्पर्कविहीन (बेपत्ता) रहेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजतलासका लागि ७ हजार ९१२ जना नेपाल प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...

युएस ओपनः  बेलायती नम्बर एक टेनिस खेलाडी आर्थर पराजित

न्युयोर्क, १७ भदौं । बेलायती नम्बर एक टेनिस खेलाडी आर्थर फेरीले विम्बल्डनमा देखाएको उत्कृष्ट प्रदर्शन युएस ओपनमा दोहोर्‍याउन सकेनन्। इटालीका १३औँ वरीयता प्राप्त खेलाडी लोरेन्जो मुसेटीसँग सोझो सेटमा पराजित हुँदै २४ वर्षीय फेरीको युएस ओपन यात्रा पहिलो चरणमै टुंगिएको छ। हालै सम्पन्न घरेलु ग्रान्ड स्लाम विम्बल्डनको सेमिफाइनलसम्म पुगेर विश्व वरीयताको ११४औँ स्थानबाट शीर्ष ४० भित्र उक्लिएका फेरी उच्च...

बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

त्रिशूली, १७ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढीबाट प्रत्यक्ष प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रमा रहेका शैक्षिक संस्थाको पठनपाठन समेत स्थगित भएको छ। बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता...

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबिच भेट : बाढी प्रभावित क्षेत्रमा निरन्तर सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाडौं, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच आज लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ। भेटमा राजदूतले भोटेकोसी क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन उद्धारदेखि पुनर्निमार्णसम्म नेपालको साथमा रहेको बताए। बाढी लगत्तै चीनले उद्धारकर्मी र डिएनए विशेषज्ञलगायत आवश्यक सहयोग पठाइसकेको र आवश्यकता...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।