अनमोल केसीको ‘बाटुलो जून’ दसैंमा नआउने, अब कात्तिक २६ गते रिलिज हुने

न्युज कारखाना

काठमाडौं, ७ असोज । अनमोल केसी र प्रिज्मा खतिवडा अभिनित चलचित्र ‘बाटुलो जून’ दसैैंमा नआउने भएको छ । दसैंमा ठूला ब्यानरका चारवटा चलचित्र एकसाथ भिड्ने भएकाले अर्को पनि थपिँदा हलको पर्दा बाँडफाँटमा समस्या हुने भन्दै निर्देशक भुवन केसीले चलचित्रको नयाँ मिति सार्वजनिक गरेका छन् ।

अब ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते रिलिज हुने भएको छ । आगामी दसैंमा समिर भट्टको ‘१२ गाउँ २’, पल शाहको ‘आबाट आमा २’, दीपकराज गिरीको ‘छ माया छपक्कै २’ र दयाहाङ राई अभिनिति ‘कबड्डी ५’ रिलिज हुने भएपछि भुवन केसीले ‘बाटुलो जून’ को मिति पछि सारेका हुन् ।

‘अन्तत: हामीले चलचित्र बाटुलो जूनको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका छौं । यसअघि दसैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैँमा अन्य चार चलचित्र पनि प्रदर्शनमा आउने र थप अर्को चलचित्र पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ । भिडेर जान भन्दा पनि मिलेर जानमा नेपाली चलचित्र उद्योगको भलाइ छ,’ भुवन केसीले भनेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।