पोखरा विश्वविद्यालयमा चार संकायका डिनका लागि आवेदन आह्वान

पोखरा । पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो ।

डिन छनोटका लागि उम्मेदवारले व्यक्तिगत विवरणसँगै सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेश गर्नुपर्नेछ । कार्ययोजनामा संकायको सबल र कमजोर पक्ष, अवसर तथा चुनौतीको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम, कार्यान्वयन योजना, समयसीमा, स्रोत तथा बजेट र अनुगमनका विषय समेट्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै संकायको विकासका लागि प्रस्तुत रणनीतिक योजना तथा त्यसलाई कार्यान्वयन गर्ने क्षमतालाई समेत आधार बनाइने उल्लेख छ ।

चारवटै संकायमा डिन नियुक्त भएपछि विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।