काठमाडौँ । भारतको महाराष्ट्र खाद्य तथा औषधि प्रशासनले बलिवुड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई कारण देखाऊ नोटिस पठाएको छ । प्रतिबन्धित विमल पान मसालाको अप्रत्यक्ष प्रचार हुने गरी विमल इलायचीको विज्ञापनमा सहभागी भएको आरोप लगाउँदै प्रशासनले १५ दिनभित्र स्पष्टीकरण मागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार संस्था पीटीआईका अनुसार तीनै जनालाई गत ११ अगस्टमा नोटिस पठाइएको हो ।...










