Category

अर्थ-व्यापार

मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

काठमाडौँ । मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मे महिनायता पहिलो पटक प्रतिव्यारेल १०० अमेरिकी डलर नाघेको छ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेपछि तेलको मूल्य तीव्र रूपमा उकालो लागेको हो । विश्व बजारको मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अमेरिकाले इरानमाथि सैन्य...

निर्धारित समयमा उत्पादन शुरु नगरेका विद्युत आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले आयोजनाहरूलाई पहिलो पटक स्पष्ट मापदण्डका आधारमा चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ । असार ३२...

नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५  अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो । आज फाइनान्स र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने बुन्गल हाइड्रोको शेयर १०.५० प्रतिशतले बढेको छ ।...

देशभर ७३.६१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत श्रावण ४ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत रोपाइँ विवरणअनुसार यस अवधिसम्म १३ लाख ७३ हजार ६६२ हेक्टर क्षेत्रफलमध्ये १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको हो । गत वर्ष यही अवधिमा देशभर ७२.१५ प्रतिशत मात्र रोपाइँ...

यातायातका काम साउन ८ गतेपछि मात्र हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन आग्रह गरको छ ।  सोमबार एक सूचना जारी गर्दै विभागले करका दर र सिस्टम मिलाउनुपर्ने भएकाले अत्यावश्यकबाहेक कार्यालयमा नआउन आग्रह गरको हो । विभागले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा स्थानान्तरण र प्रदेश सरकारबाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी...

आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्दै

काठमाडौँ । नेपालमा आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज  नेपाल आईपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।  बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को...

सुनमा १९ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं, ०३ साउन । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८४ हजार रुपैयाँ पुगेको हो। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य पुनः उच्च...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९० दिनका लागि ५० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुने आदेश, अन्य मुद्दाका कारण भने थुनामै रहने

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बीमा तथा धितोपत्रसम्बन्धी कसूरमा अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि अग्रवालसँग कुल ५ करोड ८० लाख रुपैयाँ र भट्टसँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। अदालतले बीमा ऐनअन्तर्गतको कसूरमा अग्रवालसँग २ करोड रुपैयाँ र भट्टसँग १ करोड ५० लाख रुपैयाँ तथा...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ८२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर तोलाको ४२०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।