बेइजिङ, ३० भदौ। अगस्ट महिनामा, ६४ वर्षीय वनस्पतिविद् झोउ याओ उत्तर-पूर्वी चीनको जिलिन प्रान्तस्थित चाङबाई पर्वतमा गरिएको अर्को एक स्थलगत अनुसन्धान यात्रा (Field Expedition) बाट फर्किए। झोउ तोङहुआ नर्मल युनिभर्सिटीका प्राध्यापक हुन्। उनी चार वर्षअघि सेवानिवृत्त भएका थिए र अहिले पुनः अनुबन्धका आधारमा सोही विश्वविद्यालयमा कार्यरत छन्। विगत चार दशकमा गरिएका अनगिन्ती यात्राहरू जस्तै, यसपटक पनि उनी...










