Category

अन्तर्राष्ट्रिय

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

काठमाडौं, १० भदौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति सीले बिशेष निर्देशन दिएका छन् । अगस्ट २६ मा बिहान लगभग १०ः३० बजेतिर सिचाङ (तिब्बत) शिगात्से शहरको केरोङ काउन्टीको केरुङ बन्दरगाहमा नेपालतर्फ पहिरो जाँदा ठूलो हताहत भए पछि राष्ट्रपति सिले बिशेष निर्देशन दिएका हुन् । विपदपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा...

इरानले आफ्ना छोराको हत्या गर्न खोजेको नेतन्याहुको आरोप

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् । सोमबार इजरायली सञ्चारमाध्यमसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा नेतन्याहुले इरानले आफ्ना एक छोरालाई लक्षित गरेको र हत्या गर्ने प्रयास गरेको बताएका हुन् । उनले भने- ‘अविश्वसनीय घटना भयो। इरानले मेरा एक छोरालाई लक्षित गर्‍यो । इरानले मेरा एक छोरालाई मार्न खोज्यो...

इरानको अर्थतन्त्रका पाँच क्षेत्रमा अमेरिकाको नयाँ प्रतिबन्ध

काठमाडौं । अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ । इरानले अन्य देशसँग आर्थिक गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई तथा समुद्री यातायात क्षेत्रलाई लक्षित गर्दै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको हो । अमेरिकाले यी क्षेत्रमा हुने कारोबारमार्फत इरानको आम्दानी र अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाउने उद्देश्य राखेको छ । इरानसँग यी...

अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकन आर्थिक आक्रमणको सामना गर्न इरान तयार

तेहरान, ९ भदाैं । अमेरिकाले इरानविरुद्ध ‘इकोनोमिक डी डे’ अर्थात निर्णायक आर्थिक प्रहारको घोषणा गर्दै उसका समर्थकहरूलाई धम्की दिए पछि इरानले थपिएका प्रतिबन्धहरूको सामना गर्न आफूसँग दुई वर्षे योजना रहेको बताएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ भने पछि जवाफमा इरानका अर्थमन्त्री अली मदानीजादेहले इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा...

गिनीको ‘ल्यान्डफिल साइट’मा पहिरोमा परी ३० जनाको मृत्यु

अफ्रिका, ८ भदौं । गिनीको राजधानी कोनाक्रीस्थित सहरको सबैभन्दा ठूलो ल्यान्डफिल अर्थात फोहोर विसर्जन स्थलमा फोहोरको थुप्रो भत्किदाँ त्यसमा पुरिएर ३० जनाको मृत्यु भएको छ ।  अधिकारीहरूका अनुसार स्थानिय समय अनुसार आइतबार बिहान करिब २ः०० बजे सुरु भएको भारी वर्षाका कारण फोहोर माथि पानी बग्न थाल्यो र यसले गर्दा पहिरो गएको थियो । जसका कारण नजिकैका कच्ची घरहरू फोहोरको थुप्रो मुनि पुरिदाँ उनीहरूको...

अमेरिकाले लगाएको नयाँ करको उद्देश्य क्यानडालाई कमजोर र विभाजित बनाउने हो- प्रधानमन्त्री कार्नी

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ आयात करलाई ‘ठूलो गलत आकलन’ भएको बताएका छन् । उनले नयाँ करको उद्देश्य क्यानडालाई कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन् । अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता असफल भएपछि शुक्रबार राति उनको यस्तो प्रतिक्रिया आएको हो । क्यानडाका नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले अमेरिकाले अत्यधिक माग...

अमेरिकाले प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज बारे छलफल हुने इरानको अडान

काठमाडौँ । इरानले अमेरिकाले आफ्नो व्यवहार सुधार्दै यसअघि गरेका प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा छलफल गर्न सकिने जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईले अमेरिकाले वार्ताका क्रममा धोका दिएको आरोप लगाउनुभएको छ । रेजाईले अमेरिकाले पहिले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने र त्यसपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा कुरा हुने बताएका...

इजरायलले वेस्ट बैंकमा १२ सय घर बनाउने प्रक्रिया थालेपछि पश्चिमा देशको विरोध

काठमाडौँ । इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रमा करिब १ हजार २०० नयाँ बस्तीका घर निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेपछि प्रमुख पश्चिमा देशहरूले विरोध जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै योजना तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले यसबाट शान्ति प्रक्रियामा थप क्षति...

अदालतको आदेश अस्विकार गर्दै इमरान खानलाई ६ घन्टा मै अस्पतालवाट जेल फर्काइयो

इस्लामवाद, ५ भदौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सामना गरिरहेका समस्याहरू कम हुने कुनै सङ्केत देखिएको छैन । उनलाई पुनः जेल पठाइएको छ। सर्वोच्च अदालतको आदेशपछि बिहीबार अबेर राति कडा सुरक्षाबीच इमरानलाई शिफा अस्पताल ल्याइएको थियो तर स्वास्थ्य परीक्षण गरे पछि मात्र ६ घण्टाको अन्तरालमा उनलाई अदियाला जेल फर्काइएको छ । शाहबाज सरिफ सरकारले शुक्रबार बिहान पूर्वप्रधानमन्त्री इमरानलाई...

रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु

काठमाडौँ । युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणमा आवासीय भवन, गोदाम, बाल अस्पताल र विद्यालयमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभावका कारण ठूलो क्षति भएको बताएका छन्...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।