Category

अन्तर्राष्ट्रिय

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौँमा

काठमाडौँ । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौँ आइपुगेकी छन् । भारतको राजधानी नयाँ दिल्लीबाट शनिबार साझ काठमाडौं आएकी हुन् । रोजर्सले नेपालस्थित अमेरिकी राजदूतावासले आज आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिकोप रुपमा सहभागी हुने बताइएको छ ।  तीन दिने भ्रमणको क्रममा रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।...

ट्रम्पले ओमानलाई किन दिए ध्वस्त पार्ने धम्की ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानलाई आक्रमणको चेतावनी दिएपछि उनले आक्रमणको धम्की दिएको ओमान १५औँ देश बनेको छ । ट्रम्पले ओमानले इरानसँग मिलेर होर्मुज जलडमरूमध्य नियन्त्रण गर्ने प्रयास गरे अमेरिका त्यसलाई ध्वस्त पार्ने धम्की दिएका हुन् । ट्रम्पको कार्यकालमा अमेरिकाले हालसम्म सात देशमाथि सैन्य कारबाही गरिसकेको बताइएको छ । यसमध्ये भेनेजुएलामा अमेरिकी टोली प्रवेश गरेर राष्ट्रपतिलाई...

पाँच वर्षमा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्रसंघको नयाँ जलवायु प्रतिवेदनले आगामी पाँच वर्षभित्र पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । प्रतिवेदनअनुसार यही अवधिमा पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान पटक पटक तोडिन सक्ने सम्भावना रहेको छ । विश्व मौसम विज्ञान संगठनले सन् २०३० सम्म आर्कटिक क्षेत्रको तापक्रम करिब १ दशमलव ६६ डिग्री सेल्सियसले बढ्न सक्ने अनुमान पनि गरेको...

अमेरिकी सेनाले होर्मुज आसपास इरानका चार ड्रोनमा आक्रमण

काठमाडौँ । अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य आसपास इरानका चार आक्रमणकारी ड्रोन खसालेको जनाएको छ । अमेरिकी सेनाले बन्दर अब्बासस्थित एउटा भू–नियन्त्रण केन्द्रमा पनि आक्रमण गरेको थियो, जहाँबाट पाँचौँ ड्रोन प्रक्षेपण गर्ने तयारी भइरहेको बताइएको छ । एक अमेरिकी अधिकारीले उक्त कारबाही सीमित र पूर्ण रूपमा रक्षात्मक रहेको बताएका छन् । उनका अनुसार युद्धविराम कायम राख्नु र अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित...

जम्मू–कश्मीरबारे चीन र पाकिस्तानले जारी गरेको संयुक्त वक्तव्य भारतद्वारा पूर्ण रूपमा अस्वीकार

भारतले जम्मू–कश्मीरबारे चीन र पाकिस्तानले जारी गरेको संयुक्त वक्तव्यलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले जम्मू–कश्मीर र लद्दाख भारतका अभिन्न तथा अविभाज्य भूभाग रहेको दोहोर्‍याउँदै अन्य देशलाई यस विषयमा टिप्पणी गर्ने अधिकार नभएको जनाएको हो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको चीन भ्रमणपछि दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा पाकिस्तानले चीनलाई जम्मू–कश्मीरको...

नेपाल र रोमानियाबीचको व्यापारिक तथा आर्थिक सहकार्य विस्तारमा उपनेता पराजुलीको जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल र रोमानियाबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक समृद्धि र व्यापारिक साझेदारीका माध्यमबाट थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  काठमाडौंमा सोमवार आयोजित ‘नेपाल–रोमानिया बिजनेस फोरम’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपनेता पराजुलीले भौगोलिक रूपमा टाढा भएपनि आर्थिक वृद्धि र दिगो विकासका साझा आकाङ्क्षाले दुई देशलाई नजिक...

इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशनः भने–‘समय हाम्रो पक्षमा छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता प्रक्रियामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिनुभएको छ । समय आफ्नै पक्षमा रहेको उल्लेख गर्दै उहाँले वार्तालाई निष्कर्षमा पु¥याउन हतारिनु आवश्यक नरहेको बताउनुभएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले सम्झौता सम्पन्न नभएसम्म, यसको प्रमाणीकरण नभएसम्म र अन्तिम हस्ताक्षर नहुन्जेल नाकाबन्दी...

पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोटः २४ जनाको मृत्यु, ८२ घाइते

पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा आईतवार बिहान भएको एक शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ८२ जना अन्य घाइते भएका छन् । प्रान्तीय राजधानी क्वेटास्थित रेलवे स्टेशनमा ‘जाफर एक्सप्रेस’ को शटल रेललाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार ईदको बिदा मनाउन घर जान लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोन्मेन्ट...

परिवारसँगको पुनर्मिलनका लागि सीमा नाका खुला गर्न गजाका महिलाहरूको माग

गजापट्टीमा अड्किएका दर्जनौँ प्यालेस्टिनी महिलाहरूले विदेशमा रहेका आफ्ना पतिहरूसँग पुनर्मिलनका लागि सीमा नाकामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न माग गर्दै प्रदर्शन गरेका छन् । मध्य गजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा भेला भएका प्रदर्शनकारीहरूले सीमा नाका खोल, पतिसँग बस्न र शान्तिपूर्ण जीवन बिताउन पाउनु हाम्रो अधिकार हो तथा गजाका महिलाहरूको रक्षा गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन...

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।