Category

राष्ट्रिय समाचार

मुग्लिन–नारायणगढ सडक सुचारु

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल क्षेत्रमा माथिबाट लेदो झर्दा अवरुद्ध भएको सडकमा पहिरो हटाउने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन डिभिजनले तयारी अवस्थामा राखेको उपकरण तत्काल परिचालन गरिएको थियो । पहिरो हटाएसँगै सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिएको जनाएको छ । सडक डिभिजनले क्षेत्रमा अझै वर्षा भइरहेको र थप पहिरो खस्ने जोखिम कायम...

रोल्पामा गएराती भूकम्पको धक्का महसुस

काठमाडौँ । रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

Post Views: 100 18

१०९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही, लालबन्दी नगरपालिका –०१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिक्कीमा...

ब्रोड पिक हिमपहिरो: निम्सदाइको शव भेटियो

काठमाडौं । काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेर मृत्यु भएका आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव फेला परेको छ । पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ब्रड पिक हिमालको करिब ५७ सय मिटर उचाइमा निम्सदाइको शव फेला परेको जानकारी दिएको छ । सो स्थानमा अन्य तीन शव पनि फेला परेको एसीपीले उल्लेख गरेको छ । उद्धार टिमले शवलाई जापानिज क्याम्पमा ल्याउदै गरेको जानकारी दिदै एसीपीले अन्य शवको...

भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –०५ चन्द्रौटास्थित आलोक होटल नजिक पूर्व–पश्चिम राजमार्गमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । शनिबार राति करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.प्र.०१–००१ च २०५४ नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवराज...

सप्तरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले जानकारी दिएका छन् । कर्फ्यु हटाएर प्रशासनले पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । राजबिराज नगरपालिकाको...

ब्रोड पिक हिमपहिरो: शव रहेको स्थानमा पुग्ने प्रयासमा उद्धार टोली

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेका आरोहीहरूको शवसम्म उद्धार टोली अझै पुग्न नसकेको अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले जनाएको छ । अल्पाइन क्लबले आइतबार बिहानैदेखि १० जनाको उद्धार टोली परिचालन गरिएको बताएको छ । ड्रोनबाट देखिएका भनिएका शव रहेको स्थान हिमपहिरोको उच्च जोखिम भएको  क्षेत्र रहेकाले उद्धारकर्मीहरू अझै त्यहाँसम्म पुग्न सकेका छैनन् । अहिलेसम्म तीन शव मात्र...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ९० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने गण्डकी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ९० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १३ जना घाइते भएका छन् भने काठमाडौँ...

सिक्री लुटपाट गरी फरार तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ । साउन १६ गते राति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो । घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद...

हवाई फायर गरि तीन किलो अफिम र खुकुरीसहित दुई जना पक्राउ

रुकुम । रुकुम पश्चिम, आठविसकोट नगरपालिका –०४ छोटेबगरमा करिब तीन किलोग्राम अफिम सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो । प्रहरी टोलीले आठविसकोट नगरपालिका –०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।