Category

राष्ट्रिय समाचार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, सय जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ तथा कोशी र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १९...

ग्वार्कोमा बस पर्खालमा ठोक्कियो: एक जनाको मृत्यु, १० जना घाइते

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको  बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सबै घाइतेको उद्धार गरेर बीएण्डबी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

Post Views: 100 15

जमल क्षेत्र डुबानको प्राविधिक अध्ययन: पूर्वाधारको असन्तुलित क्षमता प्रमुख कारण

काठमाडौँ । काठमाडौँको जमल क्षेत्र बर्षायाममा डुबान हुने कारणलाई प्राविधिक प्रतिवेदनले पूर्वाधारको असन्तुलित क्षमतालाई देखाएको छ ।  प्राविधिक विश्लेषण अनुसार बर्षा याममा, जमल क्षेत्रमा विभिन्न चार दिशाबाट वर्षा हुँदा सतहमा जम्मा हुने पानी र ढलको पानी जम्मा हुने गर्दछ । ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन...

रोल्पामा जिप दुर्घटना हुदा नौ जना घाइते

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गंगादेव गाउँपालिका–१ भुर्तिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो । २२ वर्षीय चालक दिलकुमार वलीले चलाएको जिपमा चालकसहित १० जना सवार थिए ।...

अमेरिका इरान तनावः हुर्मुज र बाब अल मन्दवाट २० भन्दा बढी जहाज मात्रै आवातजावत

तेहरान, १९ साउन । अमेरिका र इरानबीचको वार्ताको प्रगति अस्पष्ट रहँदा यस हप्ताको सुरुमा बाब अल मन्दब र स्ट्रेट अफ होर्मुजको प्रमुख खाडी जलमार्गहरूमा ढुवानी ट्राफिक धेरै हदसम्म कम रहेको छ। केप्लरको शिपिंग तथ्याङ्कले सोमबार बाब अल मन्दब स्ट्रेटबाट २० जहाजहरू, जसमा १२ ट्याङ्करहरू र  ८ बल्क वाहकहरू गुज्रेका थिए, जुन अघिल्लो दिनको तुलनामा स्थिर रहेको देखाएको छ। यी २० क्रसिङ जहाजहरूमध्ये कुल १२ले...

दाङको गढवा गाउँपालिकामा राजस्व हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरी एक करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ मा गढवा गाउँपालिका–१ अन्तर्गत राप्ती नदीको रङसिङदेखि मलमला घाटसम्मको क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलनका...

मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण

विराटनगर । मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ ।  विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी  प्रकाश मुदन्डाको घरमा खानतलासी गरिएको घटना बारे एसपी कटवालसंग स्पष्टीकरण सोधिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी...

जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ

मोरङ । २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-१० बस्ने ३८ वर्षीय डम्बर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । डम्बरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनामा संलग्न अन्य २ जनालाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

रसुवाको बनुवा घुम्तीमा सडकको ग्याबियन भासियो

रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङ ल्हामु राजमार्गको बनुवा घुम्ती क्षेत्रमा सडक संरक्षणका लागि निर्माण गरिएको ग्याबियन (तारजाली) भासिएको छ । ग्याबियन भासिएपछि उक्त सडकखण्ड जोखिमपूर्ण बनेको भन्दै स्थानीयले तत्काल मर्मतको माग गरेका छन् । स्थानीयका अनुसार ग्याबियन भासिँदा सडकको आधार कमजोर बन्दै गएको छ । यसले दैनिक आवतजावत गर्ने सवारीसाधन र पैदल यात्रुलाई दुर्घटनाको जोखिम...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ९५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने कोशीमा २ तथा लुम्बिनी र गण्डकीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ९५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।